गण्डकी प्रदेश, स्याङ्गजा जिल्ला, अर्जुनचौपारी गा.पा.–०३, सिमलचौरमा मिति २०८३÷०१÷१६ गते सम्पन्न काफ्लेहरुको कुल पूजाको अवसरमा निमन्त्रणा गरिएका काफ्ले समाजका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुले सोही स्थानमा मिति २०८३÷०१÷१५ गते केन्द्रीय कमिटि बैठक सम्पन्न गरेका छन् । केन्द्रीय कमिटिका अध्यक्ष श्री ख्याम नारायण काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा विभिन्न बिषयहरुमा छलफल गरि निर्णय गरिएको थियो । मुख्यतयाः काफ्ले समाजद्दारा पवित्र तीर्थस्थल देवघाट –०५, देवघाट, तनहुँमा निर्माण गर्न लागिएको मन्दिर, आश्रम परिसर घेराबार तथा शाण्डिल्य ऋषिको प्रतिमा स्थापनाको लागि सहयोग जुटाउने सम्बन्धमा बृहत छलफल भएको थियो । सो क्रममा अर्जुनचौपारी गा.पा.–०१, पिपलडाँडा (हालः शितलनगर–०८, देवदह, रुपन्देहि) निवासि श्री पारश्वर काफ्ले र उहाँको धर्मपत्नि रिता काफ्लेद्दारा ने.रु.१,००,०००।०० (अक्षरपीः एक लाख रुपैयाँ मात्र) सहयोग गर्नुभएको थियो । उहाँहरुलाई कमिटिका अध्यक्षज्यू तथा ऐ.ऐ. वडाका वडा अध्यक्ष श्री शोभाकान्त काफ्लेज्यूले खादा लगाएर सम्मान तथा धन्यवाद दिनुभएको थियो । यसैगरि बिराटनगरबाट श्री देविप्रसाद काफ्लेले समेत ने.रु. एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्ने वाचा गर्नुभएको थियो । उक्त कार्यमा सहयोग पुर्याउन सम्पूर्णमा काफ्ले समाजले अपिल गर्दै सहयोग रकम अनुसारको सम्मान गर्ने निर्णय गरि सो सम्बन्धमा समाजले देवघाटमा हुन लागेको भौतिक निर्माण सम्बन्धीको ब्रोसर तथा नयाँ बर्ष २०८३ सालको भित्ते पात्रो समेत निःशुल्क वितरण गरिएको थियो ।